निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला, महासचिवमा काफ्ले चयन – Nepal Press

निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला, महासचिवमा काफ्ले चयन

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा लेखनाथ कोइराला सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा रेमन्त गौतम, प्रभास साह र भवानी दाहाल चुनिएका छन् भने महासचिवमा जीवन काफ्ले चयन भएका छन् ।

महाधिवेशनबाट उपमहासचिवमा रामचन्द्र अधिकारी, कृष्णबहादुर केसी, युवाचन्द्र घिमिरे, विजया सुवेदी निर्वाचित भएको संगठनले जनाएको छ ।

त्यस्तै वामदेव ओली, देवेन्द्र ढकाल, तेज प्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी, विष्णुकुमारी अधिकारी सचिवमा चयन भएका छन् भने कोषाध्यक्षमा गणेशप्रसाद आचार्य चुनिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर