स्थानीय चुनावकेन्द्रित कार्ययोजना बनाउन जुट्यो एमाले (भिडिओ) – Nepal Press

स्थानीय चुनावकेन्द्रित कार्ययोजना बनाउन जुट्यो एमाले (भिडिओ)

काठमाडौं । नेकपा एमाले स्थानीय तहको निर्वाचनकेन्द्रित कार्ययोजना निर्माणमा जुटेको छ ।

पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको केन्द्रीय कार्यालय बैठकमा सम्पूर्ण पार्टीपंक्तिलाई निर्वाचनका केन्द्रित गर्ने गरी बनाउन लागिएको कार्ययोजनामा छलफल भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा मंगलबार तीन बजे बस्ने पार्टी केन्द्रीय सचिवालयको एजेण्डाका बारेमा छलफल भएको रिजालले बताए । उनका अनुसार सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरू सम्पन्न गरेको र छिट्टै पार्टीका अरु तहका बैठकहरू आयोजना गरेर निर्वाचनलक्षित अभियान चलाइने छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा भएको बैठकमा पोलिटब्यूयो तथा केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा पनि छलफल भएको थियो ।

पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न एमालेले चैत ९ र १० गतेका केन्द्रीय कमिटी बैठक बोलाएको छ मंगलबार सचिवालयको र चैत ७ गते पोलिटब्यूरो बैठक तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर