‘जे गरौँ, गज्जबले गरौँ’ – Nepal Press

‘जे गरौँ, गज्जबले गरौँ’

नुवाकोट। ‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिता नुवाकोटको बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा शनिबार सम्पन्न भएको छ ।

नयाँ खेलाडीको उत्पादन, दौडको महत्व तथा राष्ट्रियस्तरका खेलाडीको क्षमता अभिवृद्धि गराई खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेलकोटगढी नगरपालिका वडा नं ५ द्वारा आयोजित प्रतियोगितामा यस वर्ष विभिन्न सात विधामा प्रतिस्पर्धा गराइएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीले सहभागिता जनाउन पाउने कोल्पुटारबाट माझगाउँ हुँदै पुनः कोल्पुटार पुग्ने १३ दशमलव चार किमी दूरीको पुरुषतर्फको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बलका राजेन्द्र तामाङ र महिलातर्फ निक्की नेम्वाङ लिम्बू प्रथम भए । निर्धारित दूरी तामाङले ५७ मिनेटमा र लिम्बूले एक घण्टा २३ मिनेटमा पूरा गरे । उक्त दूरीको भेट्रान खुलातर्फ धर्म महर्जन र स्थानीय खुलातर्फ सुमन श्रेष्ठ प्रथम भए ।

यसैगरी ४।५ किमी दौडतर्फ देशभरबाट सहभागी हुन पाउने जुनियर छात्रामा सरस्वती बोहोरा, १६ वर्षमुनिका स्थानीय विद्यालयको छात्रतर्फ पवन राई र छात्रातर्फ सपना श्रेष्ठ, स्थानीय ४५ वर्षमाथिका स्थानीय बा समूह ९पुरुष०तर्फ राजेन्द्रप्रसाद नेपाल र स्थानीय आमा समूहतर्फ कमला श्रेष्ठ प्रथम भए।

प्रतियोगितामा लामो दूरीतर्फ प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई पाँच हजार एवं छोटो दूरीतर्फ प्रथमलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रोलाई पाच हजारसहित प्रमाणपत्र बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले प्रदान गरे ।

नेपाल एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीसहित २२ जनाको व्यावस्थापकीय टिमले प्रतियोगितालाई तोकिएको मापदण्डमा रहेर सञ्चालन गरेको थियो । नगरप्रमुख खनालले प्रतियोगिताको दूरी र पुरस्कार राशि बढाइ राष्ट्रियस्तरको उत्कृष्ट प्रतियोगिताका रूपमा ‘झिल्टुङ क्रसकन्ट्री’ चिनाउने प्रतिबद्धता जनाए। रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर