ओली भेट्न बालकोट पुगिन् करिश्मा, एमालेतिर किन भइन् आकर्षित ? – Nepal Press

ओली भेट्न बालकोट पुगिन् करिश्मा, एमालेतिर किन भइन् आकर्षित ?

काठमाडौं । पछिल्लो समय केपी शर्मा ओलीको प्रशंसक बनेकी अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेसँग नजिकिएकी छन् । विकास र समृद्धिको एजेण्डा केपी ओलीमा मात्रै देखिएको भन्दै करिश्मा एमालेप्रति आकर्षित भएकी हुन् ।

ललितपुर झरुवारासीकी स्थायी बासिन्दा करिश्माले ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद नवराज सिलवाल र एमालेकै अर्की सांसद गंगा चौधरी सतगौंवासँगै गएर विहीबार अध्यक्ष ओलीसँग भेट गरेकी छन् ।

बालकोटमा भएको भेटमा ओलीले करिश्माको पढाइको बारेमा समेत चासो राखेका थिए । १२ कक्षा पास गरेको दिन ओलीले करिश्मालाई फोन गरेर बधाई दिएका थिए । जसको खुसी उनले फेसबुकमा व्यक्त गरेकी थिइन् ।

करिश्मा केही समय बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागे पनि त्यसपछि उनी कुनै दलमा आबद्ध छैनन् । करिश्माको एमाले प्रवेशबारे निर्णय भने भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *