धनुषा कांग्रेस निर्वाचन : निधी उम्मेदवारलाई कोइराला पक्षको समर्थन – Nepal Press

धनुषा कांग्रेस निर्वाचन : निधी उम्मेदवारलाई कोइराला पक्षको समर्थन

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि हुने दोस्रो चरणको मतदानमा शेखर कोइराला पक्षले विमलेन्द्र निधी पक्षका उम्मेदवारलाई समर्थन गरेका छन् ।

पहिलो चरणको निर्वाचनमा कोइराला पक्षबाट दिनेश प्रसैला, निधी पक्षबाट योगेन्द्र पजियार र संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट सन्तोष यादव सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए । तर कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याएका कारण भोली विहानदेखि पुनः मतदान हुने तय सहमती बनेको छ ।

दोस्रो चरणको मतदानको पूर्वसंध्यामा प्रतिस्पर्धाबाट आउट भएका कोइराला पक्षका उम्मेदवार प्रसैलाले निधी पक्षका उम्मेदवार पजियारलाई समर्थन गर्ने घोषणा गरेका हुन् । जनकपुरस्थित निधी निवासमै पत्रकार सम्मेलन गरेर प्रसैलाले पजियारलाई समर्थन गरेको बताए ।

उनले आफूलाई मतदान गरेको मतदातालाई दोस्रो चरणको मतदानमा पजियारलाई मतदान गर्न आह्वान समेत गरे । सञ्चारकर्मीको जिज्ञासामा उनले कुनै लेनदेन नभएको र पहिलो चरणमा सर्वाधिक मत ल्याएकाले पजियारलाई समर्थन गरेको दावी गरे ।

पहिलो चरणमा पजियारले सर्वाधिक १ हजार २४८, यादव ८८३ र प्रसैला ६६३ मत ल्याएका थिए । कुल मतदाता ३ हजार ५० रहेका छन् । जसमध्ये २ हजार ९१२ मत खसेको थियो । खसेको मतमध्ये १५१ मत बदर भएको थियो ।

प्रसैलाको अपिल अनुसार उनलाई मतदान गरेका मतदाताले पजियारलाई मतदान गरेपछि उनी संस्थापन पक्षका उम्मेदवार यादवलाई सहजै पराजित गर्ने सम्भावना बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर