मेटमणिको दाबी– एमाले हारको शृंखला सुरू मात्रै भएको छ, अन्त्य होइन – Nepal Press

मेटमणिको दाबी– एमाले हारको शृंखला सुरू मात्रै भएको छ, अन्त्य होइन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले नेकपा एमालेको हारको शृंखला सुरु भएको भन्दै यो निरन्तर अघि बढ्ने बताएका छन् ।

एमालेका नेताहरुले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पराजयलाई ‘गठबन्धनको अन्तिम भोज’ का रुपमा व्याख्या गरिरहेका बेला चौधरीले यस्तो बताएका हुन् ।

‘अल्पज्ञानिहरूलाई के थाहा– यो हार भर्खर सुरू भएको छ र यो हारको शृंखला निरन्तर अघि बढ्ने छ,’ सामाजिक संजालमा उनले लेखेका छन्, ‘अबदेखि नेकपा एमाले र विजयको बीचमा कहिल्यै भेट हुने वाला छैन् । नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाँउनै छैनन् । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भावी सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ ।’

चुनावी मोर्चामा आएपछि मुख्य कुरा जित्नु मात्रै भएको भन्दै उनले एक्लै र मिलिजुली जितेको कुराले अर्थ नराख्ने बताएका छन् ।

अरुको टेकोमा चुनाव जितेको भन्ने एमाले नेताहरुलाई २०७४ को चुनावमा गरेको गठबन्धन हेर्न चौधरीले आग्रह गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “मेटमणिको दाबी– एमाले हारको शृंखला सुरू मात्रै भएको छ, अन्त्य होइन

  1. दुई काैडिकाे ? मन्त्री खान पार्टी फाेडेकाे माधवले देखाईदियाे र अहिले त्यहि हेरेर बसिरहेकाे छस् ।

  2. धेरै ठुला कुरा नगरेर वडा सदश्य जितेर देखाउनुस् मेटमणी जी, त्यसपछि गरौला अरुकुरा!
    ए साच्ची, सन्यास लिएर कासी तिर कैले लाग्ने रे माधव कमरेड?😁😁😁

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर