बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन- भौतिक दूरी कायम गर्ने, एटीएमको ढोका खुल्ला राख्ने – Nepal Press

बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन- भौतिक दूरी कायम गर्ने, एटीएमको ढोका खुल्ला राख्ने

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे निर्देशन दिएको छ ।

स्वास्थ्य सतर्कताका सबै उपाय अवलम्बन गर्न आग्रहसहितको ४ बुँदे निर्देशनमा भौतिक दूरी कायम गर्ने, एटीएम ढोला खुल्ला तथा स्यानिटाइजरको व्यवस्था गर्न भनिएको छ ।

त्यस्तै तालिम, बैठक र गोष्ठीलगायतको कार्यक्रम भर्चुअल तथा दूरीकायम गरेर सम्पन्न गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख, ग र घ वर्गमा बैंकिङ संस्थाहरूलाई भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर