भैरहवाका यी जनप्रतिनिधिले आफ्नो सबै पारिश्रमिक विपन्नलाई दिए – Nepal Press

भैरहवाका यी जनप्रतिनिधिले आफ्नो सबै पारिश्रमिक विपन्नलाई दिए

रुपन्देही । रुपन्देहीको भैरहवाका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिकवापतको रकमबाट अक्षयकोष स्थापना गरेका छन् ।

सिद्धार्थनगर नगरपालिका वडानम्बर ३ को वडा सदस्यमा निर्वाचित नारायण प्रसाद उपाध्यायले आफ्ना स्वर्गीय आमा सावित्रा उपाध्यायको नामबाट अक्षयकोष स्थापना गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) बाट निर्वाचित उपाध्यायले पाँचवर्षे कार्यकालको तलब, भत्तावापत हुने ५ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजको रकम सिद्धार्थनगर वडा नम्बर ३ मा स्थायी बसोबास गर्ने विपन्न परिवारलाई सहयोग गर्ने उपाध्यायले बताए ।

‘अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजले आर्थिक अवस्था कमजोर भएका वडावासीलाई केही भएपनि सहयोग गर्ने उद्देश्यले स्व. आमाको नामबाट अक्षयकोष स्थापना गरेको छु,’ उनले भने । ब्याजको रकमले उपचार, क्रिया खर्च लगायतका कार्यमा सदुपयोग गरिने उनले बताए ।

उनले भने, ‘रुपन्देहीको मनोहरापुरमा एक जना व्यक्तिलाई सर्पले टोकेको र उक्त बिरामी बुटवलको एक अस्पतालमा हुँदा एउटा सुई समेत किन्ने पैसा नहुँदा मृत्युको नजिक पुग्नुभएको थियो, त्यतिबेला मैले सुई किन्ने पैसा दिए । उहाँ बाँच्न सफल हुनुभयो, पछि उहाँ मलाई खोज्दै भैरहवा आउनुभयो ।’

आर्थिक अभावमा रहेका नागरिकलाई केही भएपनि सहयोग पुगोस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ ।

‘सावित्रा उपाध्याय अक्षयकोष’ नाम दिइएको उक्त अक्षयकोषको चेक भैरहवामा आयोजितएक कार्यक्रमकाबीच वडा सदस्यउपाध्याय र राप्रपा रुपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाकापूर्व नगरप्रमुख सागर प्रताप राणाले अक्षयकोषका संरक्षक तथा तदर्थ समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *