ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’ – Nepal Press

ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’

सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति समिति

काठमाडौं । पत्रकार केपी ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’ प्रदान गरिएको छ। अनलाइन पत्रकार संघको ११औं साधारण सभामा ढुंगानालाई पुरस्कार प्रदान गरिएको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासँघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई पुरस्कार प्रदान गरेका थिए ।

इञ्जिनियर विनोद ढकालले ५ लाख रुपैयाँको अक्षय कोष राखेर स्थापना गरेको पुरस्कार पहिलो पटक प्रदान गरिएको हो । पुरस्कारको राशी ५० हजार रहेको छ। अक्षयकोषबाट आएको रकमबाट संघले अब हरेक दुई वर्षमा आफ्ना सदस्यमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने संघका अध्यक्ष शिवप्रसाद सत्याले बताए ।

पत्रकार कुवेर चालिसेको सञ्योजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको हो । कार्यक्रममा पत्रकार कुवेर चालिसेले पहिलो पटक पुरस्कार वितरण गरिएकाले अनलाइन पत्रकारितामा पुर्‍याएको योगदान र लेखेका समाचारको आधारमा ढुंगानालाई पुरस्कृत गरेको बताएका थिए। यस्तै उनले आगामी वर्षदेखि संघका सदस्यलाई उनीहरूले लेखेको समाचारका आधारमा मूल्यांकन गर्दै पुरस्कृत गरिने पनि बताए ।

ढुंगाना डेढ दशकदेखि पत्रकारितामा संलग्न छन् । कान्तिपुर दैनिक, नागरिक दैनिक, नयाँ पत्रिका दैनिक, राजधानी दैनिक, पहिलोपोस्ट, शुक्रवार साप्ताहिक र नेपाललाइभ डटकममा काम गरेका ढुंगाना अहिले उकेरा डटकमको प्रधान सम्पादक छन् । उनी अन्तरदेशिय अपराध सम्बन्धी पुस्तक ओपन सेक्रेटका लेखक हुन् ।

सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति समिति

११ औँ अधिवेशनले शनिवार डिल्लीप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ। समितिको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी, कोषाध्यक्ष निर्दोष घोरसाइने र सदस्यमा रविराज बराल, प्रजु पन्त र अमृत पौडेल चयन गरेको छ ।


प्रतिक्रिया

One thought on “ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’

Leave a Reply

Your email address will not be published. Required fields are marked *