एमाले कपिलवस्तु नेतृत्वका लागि यी हुन् चार दावेदार – Nepal Press

एमाले कपिलवस्तु नेतृत्वका लागि यी हुन् चार दावेदार

रुपन्देही । नेकपा एमाले कपिलवस्तुको आगामी नेतृत्वका लागि ४ जना आकांक्षी देखिएका छन् । अध्यक्षका लागि पूर्वउपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य डम्मर शर्मा, वर्तमान उपाध्यक्ष बाबुराम खनाल, प्रदेश सदस्य खुमप्रसाद आचार्य, शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले आ-आफ्नो लविङ सुरु गरेका छन् ।

स्थानीय नेताहरुका अनुसार चुनावी चर्चामा धेरै आए पनि अहिले नेतृत्वको बलियो दाबेदार भने डम्बर शर्मा र बाबुराम खनाल नै हुन् ।

यसअघिको अधिवेशनमा अहिलेका अध्यक्ष झविलाल पोखरेलसँग पराजित डम्बरले अहिले जसरी पनि नेतृत्व पाउनुपर्ने दावी गरेका छन् ।

उनी नेकपा बनेको समयमा जिल्लामा सहसंयोजक रहेकाले पनि आफ्नो दावी बलियो भएको बताएका छन् । अहिलेका उपाध्यक्ष बाबुराम खनाल पनि गाउँ, इलाका कमिटीबाट नियमितरुपमा नेतृत्वमा रहेकाले यसपटक नेतृत्वमा उनकै दावी छ ।

पुस २३ गते हुन गइरहेको नेकपा (एमाले) कपिलवस्तुको अध्यक्षमा अहिलेका अध्यक्ष झविलाल पोखरेल नदोहोरिने निश्चित भएपछि नेतृत्वको रस्साकस्सी अगाडि बढेको हो ।

आकांक्षी बढ्न थालेका छन् । जिल्ला सम्मेलनको मिति नजिकिदै जाँदा पार्टीका जिल्ला नेता तथा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले अध्यक्ष पदमा उम्मेद्वारी दिने बताएका छन् ।

आम पार्टी कार्यकर्ताको चाहना अध्यक्षमा उठ्नु भन्ने रहेकाले अगाडि बढेकोे उनको भनाइ छ । लामो समय जिल्ला सचिवालय सदस्य भएर काम गरेका उनी ०५४ सालमा साविक शिवपुर गाविसको अध्यक्ष भएका थिए ।

एमालेले जिल्ला अधिवेशनमा ६ सय प्रतिनिधि सहभागी हुने गरी मापदण्ड तय गरेको छ । जिल्ला अध्यक्ष झबिलाल पोख्रेलका अनुसार ४० जना संगठित पार्टी सदस्य बराबर १ जनाका हिसाबले प्रतिनिधि छानिने गरी निर्णय गरेको छ ।

दलिततर्फ २५ बराबर १ प्रतिनिधि हुनेछन् । ९६ वडालाई केन्द्र मानेर प्रतिनिधि छानिने छन् । हरेक जनसंगठनबाट ३/३ जना प्रतिनिधि छानिने छन् जसमा १ जना महिला अनिवार्य हुनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर