एनसीएचएललाई आईसीटी अवार्ड – Nepal Press

एनसीएचएललाई आईसीटी अवार्ड

काठमाडौं । आईसीटी अवार्डबाट नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सम्मानित भएको छ । आईसीटी अवार्ड २०२१ अन्तर्गत सम्मान गरिएको १२ विधामध्ये डिजिटल सिस्टममा एनसीएचएल पुरस्कृत भएको हो ।

एक समारोहका बीच पूर्वसंचारमन्त्री पार्वत गुरुङले अवार्ड प्रदान गरे ।

एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १ सय ३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो । यो आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार गरेको छ । जसअन्तर्गत नेपाल सरकारका विभिन्न निकाय, संस्थान, पुँजी बजार, बीमा, रेमिटेन्स, ठूला संस्थालगायतका विभिन्न रिटेल भुक्तानीका कारोबार एनसीएचएलबाटै गरिँदै आइएको छ ।

नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन एनसीएचएलले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन समेत थालनी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *