भूपू गाेर्खा सैनिककाे माग पुरा गर्न सरकारी वार्ता टोली गठन गर्न समाजवादी काँग्रेसको माग – Nepal Press

भूपू गाेर्खा सैनिककाे माग पुरा गर्न सरकारी वार्ता टोली गठन गर्न समाजवादी काँग्रेसको माग

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकका माग पुरा गर्नका लागि तत्काल नेपाल सरकारले वार्ता टोली गठन समाजवादी काँग्रेसले सरकारसाग माग गरेको छ । सोमबार उक्त पार्टीले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त पार्टीका उपाध्यक्षसमेत रहेकी संयुक्त संघर्ष समितिकी सचिव पुष्पा राणा यस्तो माग गरेकी हुन् ।

नेपाल सरकारले समयमै वार्ता टोली गठन नगर्दा वेलायती सैनिक सरह सुविधाको माग राख्दै हुँदै आएको आन्दोलनले सार्थकता नपाउने अवस्था आएको उनको भनाई छ । नेपाल सरकारकै लापरवाहीले गर्दा वेलायतसँगको वार्ता विफल हुने अवस्था आएको उनले गुनासो गरिन् ।

आफ्नो अधिकारका लागि भुतपूर्व गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको तर्फबाट १३ दिनसम्म आमरण अनसन बसेका सचिव घले, ज्ञानराज राई र धनबहादुर गुरुङसँग भएको लिखित सहमति अनुसार यही डिसेम्बर २१ तारिखदेखि वार्ता गर्ने सहमति भएको थियो । तर, वार्ताको समय आइसक्दा पनि नेपाल सरकारले वार्ता टोली गठन नगरेपछि आन्दोलनरत पक्ष आक्रोसित बनेको छ ।

पछिल्लोपटक जुलाई ७ देखि १९ तारिखसम्म आफ्नो अधिकारका लागि भएको सत्याग्रह अन्त्यका लागि वेलायतले नेपालसँग वार्ता गरेर भुपु गोर्खा सैनिकका परिवारले उठाउँदै आएका माग पूरा गर्ने लिखित प्रतिवद्धता जनाएको संयुक्त संघर्ष समितिकी सचिव घलेले पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् । उनले वेलायती सरकारले वार्ता गर्न खोज्दा खोज्दै पनि वार्ता टोली बनाउन नसकेर सरकारले लाचारी व्यवहार देखाएको आरोप लगाइन् ।

उनले नेपाल सरकारकै कारण वार्ता असफल हुने अवस्था आएका भूपू गोर्खा सैनिक हात बाँधेर नबस्नेसमेत चेतावनी दिईन । सरकारी वेवास्थाका कारण वेलायतले बोलाउँदा पनि वार्ता टोली बनाउन नसक्नुले नेपालको लाचारीपन स्पष्ट भएको घलेको भनाई थियो । ‘वेलायती सरकारले आमरण अनसन तोडेको बेला जसरी पनि भुपु गोर्खा सैनिकको माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ’, ‘तर, नेपाल सरकारले वार्ताको समय आइसक्दा पनि वार्ता समिति बनाउन सकेन । यो नेपालकै लागि लज्जाको विषय बनिसक्यो ।’

समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपाल सरकार नेपाली नागरिकप्रति उद्धार नभएको आरोप लगाए । उनले तत्काल वार्ता समिति बनाएर भूपू गोर्खा सैनिकका परिवारले उठाउँदै आएका जायज माग पूरा गराउन नेपाल सरकारले पहल गर्नुपर्नमा जोड दिए । समाजवादी कांग्रेसले वेलायतमा आमरण अनसन चलिरहेका बेला पत्र लेख्दै बेलायत सरकारको ध्यानाकर्षण गराएको थियो । आमरण अनसन बस्ने राणा पार्टीको उपाध्यक्षसमेत रहेकाले पनि पार्टीले गोरखा सैनिकको विषयमा पटक–पटक आवाज उठाउँदै आएको पार्टीका सचिव मानबहादुर गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *