बडुले भने- ढुक्क हुनुस्, साझा उम्मेदवार तय गर्छौं – Nepal Press

बडुले भने- ढुक्क हुनुस्, साझा उम्मेदवार तय गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले संस्थापनइतर समूहबाट सभापतिमा साझा उम्मेदवार बन्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी सो समूहको बैठकबाट बाहिरिने क्रममा बडुले सहमतिका लागि निरन्तर संवाद भइरहेको बताए ।

‘हामी निरन्तर छलफलमा छौं । सहमतिमै साझा उम्मेदवार दिनुपर्छ भन्नेमा सबैको साझा धारणा छ । ढुक्क हुनहोस्, हामी साझा उम्मेदवार दिन्छौ,’ बडुले भने ।

संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सभापतिको प्रत्याशी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर