बाढीले बेघर भएकी ९० वर्षीया तुलसीलाई ओली भेट्ने इच्छा – Nepal Press

बाढीले बेघर भएकी ९० वर्षीया तुलसीलाई ओली भेट्ने इच्छा

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्ता र सर्वसाधारण लाखौंको संख्यामा चिवतन पुगेका छन् ।

चितवनमा महाधिवेशन उद्घाटनको पर्खामा रहेका लाखौँमध्येकी एक हुन्, तुलसी पौडेल । महाधिवेशनस्थलमा भेटिएकी ९० वर्षीया पौडेल आफू केपी शर्मा ओलीलाई भेट्न आएको बताउँछिन् ।

चितवनको देवघाटमा भेटिएको पौडेलले नेपाल प्रेससँग भनिन्, ‘आजकाल छोराछोरीले नि आमा बुबा पाल्दैनन । तर हामी जस्ता वृद्धवृद्धाहरुलाई भत्ता दिएर पाल्ने नेकपा एमाले हो । यो एमालेलाइ जिताउन । आशिर्वाद दिन र ओलीलाई भेट्न म यहाँ आएको हु ।’

गत वर्ष बर्खाको भेलले घर भत्काएपछि उनी अहिले पालमुनि बस्दै आएकी छन् । ओलीसँग भेटमा भए बासका लागि एउटा कोठा माग्ने उनको भनाई छ ।

उनले भनिन्, ‘कसैले मलाइ ओलीसँग भेट गराए भने म एक कोठा माग्ने थिए । सधै नारायणी नदिले मलाइ दुः ख दिन थाल्यो । हामी वृद्धास्थामा पुगेकालाइ सहयोग गर्ने एमालेको जय होस ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर