भीम रावलको दाबी- पार्टीलाई विधि, पद्धतिमा हिँडाउँन अन्तिमसम्म प्रयास गरेँ – Nepal Press

भीम रावलको दाबी- पार्टीलाई विधि, पद्धतिमा हिँडाउँन अन्तिमसम्म प्रयास गरेँ

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउँन आफूले प्रयास गरेको दाबी गरेका छन् ।

१०‍औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गरेको उनले जिकिर गरेका हुन् ।

त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रष्टोक्ति छ ।

आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई रावलले धन्यवाद दिएका छन् ।


प्रतिक्रिया

One thought on “भीम रावलको दाबी- पार्टीलाई विधि, पद्धतिमा हिँडाउँन अन्तिमसम्म प्रयास गरेँ

  1. सकेसम्म सहमति नभए चुनाव पार्टीकाे विधान नै हाे । सहमति नगरेर, मलाई अध्यक्ष नै चाहिन्छ भनेर घमण्ड गर्नुकाे कुनै अर्थ छ ? सहमतिमा गर भनेर हलले भन्नू पनि चुनाव नै हाे नि । भाेट हाल्ने तिनै हुन् क्यार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर