एमाले महाधिवेशन : बन्दसत्रका लागि हल व्यवस्थापनको काम ९५ प्रतिशत सकियो – Nepal Press

एमाले महाधिवेशन : बन्दसत्रका लागि हल व्यवस्थापनको काम ९५ प्रतिशत सकियो

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि हल निर्माणको काम ९५ प्रतिशत पुर भरा भएको छ ।

राष्ट्रिय युवा संघ चितवनका इञ्चार्ज प्रताप डल्लाकोटीका अनुसार हलमा २३ सयभन्दा बढी अटाउने गरी हल निर्माणको काम हुँदैछ ।

बन्दसत्र हुने सौराहको होटल सेभेन स्टार बाहिर टेन्ट बनाएर हल निर्माण गरिएको हो ।

‘अब हलमा डेकोरेशन मात्रै गर्न बाँकी छ । अन्य सबै काम पुरा भइसकेको छ । त्यो काम पनि भोली बिहान भन्दा अगाडी नै सम्पन्न भइसक्छ’, उनले भने, ‘बन्दसत्रमा सहभागि हुनेहरुलाई लन्चको व्यवस्था मिलाएका छौं । उहाँहरु जुन होटलमा बस्नुहुन्छ सोही होटेलमा विहानको नास्ता र साँझको खाना खाने व्यवस्था गरिएको छ ।’

सहभागीहरुको स्वास्थ्य जाँचको व्यवस्था पनि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर