मिस वर्ल्डको लागि भोट माग्दै नम्रता, हेर्नूस उनको परिचयात्मक भिडिओ – Nepal Press

मिस वर्ल्डको लागि भोट माग्दै नम्रता, हेर्नूस उनको परिचयात्मक भिडिओ

काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठ विश्व सुन्दरी प्रतियोगितामा भाग लिन भोलि अमेरिका प्रस्थान गर्दैछिन् । कोरोना महामारीपछि हुन लागेको पेजेन्टलाई लिएर उनी उत्साहित पनि छिन् ।

उनको सो उत्साह हिडन ट्रेजरले राजधानीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि देखियो । विगतदेखि नै ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा रहेको नेपालको दबदबालाई यसपटक पनि निरन्तरता दिने तयारीमा नम्रता छिन् ।

मल्टिमिडिया विधामा भोटिङ खुला भएको छ र नम्रताले आफूलाई भोट गर्न नेपालीहरुलाई आग्रह गरेकी छिन् । यो विधामा छानिए सीधै अन्तिम १२ मा प्रवेश गर्ने मौका मिल्नेछ । मबस्टर एप डाउनलोड गरेर नम्रतालाई मतदान गर्न सकिनेछ ।

अर्कोतर्फ, ब्यूटी विथ पर्पस विधाको लागि नम्रताको परियोजना रहेको धादिङको पुल पनि संचालनमा आएको छ । सो पुल र त्यहाँका बासिन्दाको संघर्षलाई लिएर नम्रताले तयार पारेको भिडिओ पनि तयार भएको छ । यो भिडियोलाई उनले मिस वर्ल्डमा पेश गर्नेछिन् ।

यसैबीच, मिस वर्ल्डमा नम्रताले पेश गर्ने परिचयात्मक भिडिओ आज सार्वजनिक भएको छ । यो भिडियोमा नेपाली कलासंस्कृति, वातावरण, महत्व र हिमालय चित्रण गरिएको छ । हेर्नूस भिडिओ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *