नेपाल मिडिया अवार्ड पुस २३ गते, २५ विधामा अवार्ड दिइने – Nepal Press

नेपाल मिडिया अवार्ड पुस २३ गते, २५ विधामा अवार्ड दिइने

काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड–२०७८’ हुने भएको छ । ड्रिम हाई नेपालले पुस २३ गते मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको हो ।

यसअघि मंसिरमा गर्ने तयारी भएको अवार्ड पुससम्मका लागि सरेको हो । आयोजकका अनुसार ‘सेलिब्रेटिङ विथ चेञ्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड नेपालमा सञ्चलानमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिनेछ ।

मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर