सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप, बारका महासचिवसहित केही घाइते (भिडिओ) – Nepal Press

सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप, बारका महासचिवसहित केही घाइते (भिडिओ)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धर्नामा पुगेका कानून व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमा झडप भएको छ ।

आन्दोलित कानून व्यवसायीको समूह भित्र जान खोज्दा प्रहरीले रोकेपछि विवाद सुरू भएको थियो । प्रहरीको कुटाइबाट नेपाल बार एशोसियसका महासचिव लीलामणि पौडेल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, केन्द्रीय सदस्य रमन कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई घाइते भएको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर