दराजले ग्राहकलाई ५ करोड छुट दिने, एकै दिन ११ लाख उत्पादन बेच्दै – Nepal Press

दराजले ग्राहकलाई ५ करोड छुट दिने, एकै दिन ११ लाख उत्पादन बेच्दै

काठमाडौं । नोभेम्बर ११ मा दराजले ग्राहकलाई ५ करोड छुट दिने भएको छ । नोभेम्बर ११ मा ११ लाख उत्पादन बेच्दै ११ जनालाई मोटरसाइकल उपहार दिने भएको छ ।

दराजले नोभेम्बर ११ अर्थात ११ः११ लाई वर्षकै ठूलो ‘बिक्री दिन’का रुपमा मनाउँदै आएको छ । अलिबाबाले हरेक वर्षको नोभेम्बर ११ मा वर्षको बिक्री दिन मनाउँछ । दराजले पनि नोभेम्बर ११ मा मनाइने बिक्री दिनको तयारी थालेको हो ।

बिक्री दिन योजनामा सामेल हुने भाग्यमानी ११ जना ग्राहकले मोटरसाइकल उपहार पाउने छन् । यो योजना २४ घन्टाका लागि मात्रै लागू हुने छ । नोभेम्बर ११ मा ११ जना सेलिब्रेटीहरु ल्याएर ११ः११ ग्राण्ड गाला लाइभ प्रत्यक्ष प्रशारण समेत गर्ने छ ।

कम्पनीका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले नोभेम्बर ११ मा अहिलेसम्मकै सबैभन्दा ठूलो बिक्री दिन आयोजना हुने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर