प्रधानन्यायाधीशसँग वार्ता गर्न न्यायाधीशले बनाए तीन सदस्यीय टोली – Nepal Press

प्रधानन्यायाधीशसँग वार्ता गर्न न्यायाधीशले बनाए तीन सदस्यीय टोली

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ताका लागि ‘हड्ताल’ मा रहेका न्यायाधीशहरूले तीन सदस्यीय  टोली गठन गरेका छन् ।

प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन चाहेको प्रस्ताव पठाएपछि आन्दोलनकारी न्यायाधीश वार्तामा बस्न तयार भएको बताइएको छ ।

आन्दोलनकारी न्यायाधीशहरूको वार्ता टोलीमा न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा छन् ।

उनीहरूले प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टीका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा एकपटक वार्ता बस्ने निर्णय गरेका हुन् । ‘हामीले केही हाम्रा सरोकारका साझा विषय तय गरेका छौं, यी विषयमा उहाँ (जबरासँग) भोलिबाटै वार्ता हुन्छ,’ एक न्यायाधीशले भने । इजलास छाडेर न्यायाधीश छलफलमा जुटिरहँदा जबराले भने दुईवटा मुद्दामा सुनुवाइ गर्दै एउटामा अन्तरिम आदेशसमेत जारी गरेका छन् ।

राणाले राजीनामा दिनुपर्ने भन्दै सर्वोच्चका १९ न्यायाधीशले निरन्तर इजलास बहिष्कार गरिरहेका छन् । त्यस्तै नेपाल बारले आइतबार राणाको राजीनामासहितको माग राखी आन्दोलनको घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर