केराउ, सुपारी, छोकडा र मरिचमा असारसम्म मुद्रा सटही सुविधा पाइने – Nepal Press

केराउ, सुपारी, छोकडा र मरिचमा असारसम्म मुद्रा सटही सुविधा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७६ लाई संसोधन गर्दै केराउ, छोकडा, सुपारी र नधुल्याएको मरिच आयातमा मुद्रा सटही सुविधा आगामी असार मसान्तसम्म दिने भएको छ । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त वस्तु आयातमा पुर्ण परिणात्मक बन्धेज लगाएका थिए । तर, खतिवडा पछि अर्थमन्त्री बनेका बिष्णुप्रसाद पौडेलले परिणात्मक बन्धेजलाई हटाएर कोटा प्रणाली लागु गरे ।

नेपाल सरकार, उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालय र बाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले उक्त बस्तुहरुमा लागु गरिएको कोटा प्रणालीनुसार मुद्रा सटहीको सुविधा दिन नेपाल राष्ट्र बैंकलाई पत्र लेखेका थिए । नेपाल राष्ट्र बैंकले पनि उक्त पत्रहरुको आधारमा आर्थिक वर्ष २०७७/७८ सम्म सीपमेन्ट हुने त्यस्ता बस्तुको आयातका लागि सटही सुविधा दिने जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को लागि परिणात्मक बन्देजको सीमा तोकिएका बस्तुहरुको पैठारीको हकमा कोटा प्राप्त गर्ने आयातकर्ताले २०७८ असार मसान्तभित्र त्यस्ता वस्तुको सीपमेन्ट गराइक्नुपर्ने र उक्त मितिसम्म एलसी/डीएपी/डीएए/डीडी /टीटी खोली सीपमेन्ट भइसक्नेका बस्तु आर्थिक वर्ष २०७८/७९ मा पनि भन्सार जाँचपास गर्ने सम्वन्धी व्यवस्था गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा पूर्व परिणात्मक बन्देज लगाइएका बस्तुहरुको सम्वन्धमा नेपाल सरकारबाट कोटा निर्धारण नभएको र इजाजत पनि प्रदान नभएकाले त्यस्ता बस्तु आयात गर्ने प्रयोजनका लागि कुनै पनि आयात, बैंकिङ वा भुक्तानी सम्वन्धी प्रकृया अगाडी नढाउन केन्द्रीय बैंकले भनेको छ ।

आर्थिक वर्ष २०७७/७८ बजेटमा उक्त बस्तुहरुमा लगाइको कोटा प्रणालीनुसार केराउ ८० हजार मेट्रिक टन, सुपारी २५ हजार मेट्रिक टन, छोकडा ५ हजार मेट्रिक टर र नधुल्याएको मरिच १५ हजार मेट्रिक टन नबढ्ने गरी आयात गर्न पाउने व्यवस्था गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *