‘चैतको महाधिवेशन नपर्खी कात्तिकमै प्रचण्ड-माधवले पार्टी फुटाउन खोजे, एमाले जोगाउने कार्यकर्तालाई धन्यवाद’ – Nepal Press

‘चैतको महाधिवेशन नपर्खी कात्तिकमै प्रचण्ड-माधवले पार्टी फुटाउन खोजे, एमाले जोगाउने कार्यकर्तालाई धन्यवाद’

ओलीले भने- कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसलाई बुझाउनेहरू हाम्रा दुश्मन हुन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत चैतमा महाधिवेशन गर्ने र नयाँ नेतृत्व हस्तान्तरण गर्ने भनिएकोमा प्रचण्ड-माधव समूहले कात्तिकमै आफूलाई हटाउने षडयन्त्रस्वरूप पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

विधान महाधिवेशनको समापन समारोहमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले प्रचण्ड-माधवले पार्टी एकीकरणको बाटो छाडेर सत्ता गुटबन्दीमार्फत पार्टी ध्वस्त पार्न खोजेपछि आफूले जोगाएको बताए ।

ओलीले भने, ‘चैतमा महाधिेशन गर्ने भनेको कात्तिकको अन्तिममा गएर अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउन १३ पन्ने आरोपपत्र पेश गरियो । एकीकरणको बाटो छाटेर पार्टी ध्वस्त बनाउन खोजिएपछि पार्टी जोगाउन हामीले जे गर्‍यौं त्यो सही थियो । त्यो विकट स्थितिमा पार्टीलाई जोगाउन देशभरका कार्यकर्ता जो जो उभिनुभयो तपाईंहरूलाई धन्यवाद छ । यो पार्टी सग्लो रहनुको मुख्य हकदार तपाईंहरू हो ।

एमालेको मुख्य दुश्मन को हो भन्ने प्रश्न उठेको भन्दै ओलीले जसले कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसलाई बुझाए उनीहरू नै जनता र एमालेका दुश्मन भएको ओलीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर