संखुवासभा मादी घटना : हत्या गरिएकामा ७ वर्षीया बालिकादेखि ८४ वर्षीया वृद्धासम्म – Nepal Press

संखुवासभा मादी घटना : हत्या गरिएकामा ७ वर्षीया बालिकादेखि ८४ वर्षीया वृद्धासम्म

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा हत्या गरिएका एकै परिवारका ६ जनामा ८४ वर्षीया वृद्धादेखि ७ वर्षीया नातिनीसम्म छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आज बिहान १० बजे उनीहरू मृत भेटिएका हुन् । एकाघरका उनीहरूको विभत्स ढंगले हत्या गरिएको चैनपुर इलाका प्रहरी कार्यालय संचार शाखाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईका अनुसार मृत भेटिएकाहरूमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षिय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की छन् ।

इलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पूर्व रहेको सो घटनास्थलमा प्रहरी टोली पुगी अनुसन्धान शुरू गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *