भदौ १७ गते माधव नेपाल सुर्खेत आउँदै, आज नेपाल पक्षीय युवा भेला – Nepal Press

भदौ १७ गते माधव नेपाल सुर्खेत आउँदै, आज नेपाल पक्षीय युवा भेला

सुर्खेत । नेकपा एमाले माधवकुमार नेपाल समूहले आज वीरेन्द्रनगरमा युवा भेलाको आयोजना गरेको छ ।

उक्त युवा भेलालाई नेपाल पक्षका एमाले कर्णाली प्रदेश संयोजक प्रकाश ज्वाला, मन्त्रीहरु नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आजको भेलाले यूवा संघको कमिटि समेत गठन गर्ने जनाइएको छ ।

यसैबीच, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भदौ १७ गते सुर्खेत आउने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीका अनुसार भदौ १७ गते वृहत भेलाको आयोजना गरिएको हो ।

सो भेलालाई सम्बोधन गर्नकालागि उनी सुर्खेत आउने कार्यक्रम तय भएको र त्यसैको आवश्यक तयारीकालागि आज युवा संघको भेलाको आयोजना गरिएको उनको भनाई थियो ।


प्रतिक्रिया

One thought on “भदौ १७ गते माधव नेपाल सुर्खेत आउँदै, आज नेपाल पक्षीय युवा भेला

  1. माधव नेपालका कारणले ओली नेतृत्वको सरकार टिक्न पाएनभने देउवा नेतृत्वको सरकारले पूर्णता। प्रचण्डको चाहाना माधवले एमाले फुटाएर भएपनि आफूसँग पार्टी एकता गरूनभन्ने हो। तर माधवभने न एमाले फुटाउन सक्छन् न त एमाले मै जान सक्छन्। जसले गर्दा नेपालको राजनीति #न_भाले_न_पोथी को स्थिति भएकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर