मौद्रिक नीतिः विकास बैंक र वित्त कम्पनीले २५ प्रतिशत ऋणपत्र जारी गर्न पाउने – Nepal Press

मौद्रिक नीतिः विकास बैंक र वित्त कम्पनीले २५ प्रतिशत ऋणपत्र जारी गर्न पाउने

बैंकमार्फत रेमिट्यान्स कारोबार गर्नेलाई प्रोत्साहन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकका अतिरिक्त विकास बैंक तथा वित्त कम्पनीहरुले ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ । त्यस्तै नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडरको तल्लो सीमाको १ प्रतिशत लेबल बढाएको छ भने अन्य व्यवस्थाहरु यथावत राखेको छ ।

आफ्नो कुल पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउन मौद्रिक नीतिमा उल्लेख छ ।

बैंक अनिवार्य नगद अनुपात ३ प्रतिशतमा र बैंक दरलाई ५ प्रतिशतमा यथावत राखिएको छ । ब्याजदर कोरिडरको माथिल्लो स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत राखिएको छ ।

ब्याजदर करिडोरको तल्लो सिमालाई १ प्रतिशतबाट बढाएर २ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबारलाई बैंकिङ च्यानलमार्फत ल्याउनका लागि प्रोत्साहन गरेको छ । बैंक तथा वित्तीय संस्थामार्फत रेमिट्यान्स पठाइ बैंकमा जम्मा गरेमा प्रचलित ब्याजदरमा थप १ प्रतिशत बढी ब्याज पाइने मौद्रिक नीतिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *