व्यवसायिक कर्जा विस्तार, घरेलु कर्जाका लागि स्थानीय तहमा डेस्क स्थापना हुने (पूर्णपाठसहित) – Nepal Press
मौद्रिक नीति

व्यवसायिक कर्जा विस्तार, घरेलु कर्जाका लागि स्थानीय तहमा डेस्क स्थापना हुने (पूर्णपाठसहित)

काठमाडौं । सरकारले व्यवसायिक कर्जा विस्तार गरेको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायिक कर्जा विस्तार भएको बताएका छन् ।

कारोनोको कारण बैंकहरुले ब्याजदर खासै वृद्धि गरेका छैनन् ।

त्यस्तै सरकारले सबै स्थानीय तहमा कृषि, लघु तथा घरेलु उद्योग स्थापना र भएकाहरुलाई पनि सहज बनाउन कर्जाका लागि डेस्कको व्यवस्था गर्ने भएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल गभर्नर महाप्रसाद अधिकारीले साना व्यवसायीलाई सहज बनाउन डेस्क स्थापना गर्न लागेको बताएका हुन् ।

डेस्कले अवस्था हेरेर कर्जा वितरणको लागि सहजीकरण गर्नेछ ।

पुनकर्जा बढेन, ब्याजदर पनि पुरानै

गभर्नरले मौद्रिक नीति प्रस्तुत गर्दै पुनर्कर्जा र ब्याजदर पहिलेकै कायम गरेको बताएका छन् । व्यवसायीले भने मौद्रिक नीतिमार्फत व्यवसायीलाई थप पुनर्कर्जा ल्याउन माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *