सार्वजनिक हुनुअघि नै मौद्रिक नीति बाहिरियो, मिडिया सोसाइटीको आपत्ति – Nepal Press

सार्वजनिक हुनुअघि नै मौद्रिक नीति बाहिरियो, मिडिया सोसाइटीको आपत्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज प्रस्तुत गर्न लागेको मौद्रिक नीति बाहिरिएको छ । आज अपराह्न सार्वजनिक गर्ने तयारी भएको मौद्रिक नीति दिउँसै बाहिरिएको हो । यसप्रति इकोनोमिक मिडिया सोसाइटीले आपत्ति जनाएको छ ।

नेपाल राष्ट्र बैंक जस्तो स्वयत्त संस्थाले मौद्रिक नीति जस्तो दीर्घकालीन महत्व राख्ने नीति आफूअनुकुल र आफूनिकट सञ्चार माध्यम पहिल्यै दिएको भन्दै सोसाइटीले आपत्ति जनाएको हो ।

मौद्रिक नीति सञ्चालक समितिमा छलफल भइ पारित भएपछि मात्रै सार्वजनिक गरिने हुनाले सञ्चालकहरु मात्रै यस विषयमा जानकारी हुनेछन् । सञ्चालक वा उच्च पदाधिकारीबाटै मौद्रिक नीति चुहावट हुनु गम्भीर भएको सोसाइटीको ठहर छ ।

सोसाइटीले यस विषयमा छानविन गरी दोषीउपर कडा कारवाही गर्न माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर