तालिवानद्वारा कान्दाहार सहर पनि कब्जा, तत्काल युद्धविराम गर्न चीन र अमेरिकाको आग्रह – Nepal Press

तालिवानद्वारा कान्दाहार सहर पनि कब्जा, तत्काल युद्धविराम गर्न चीन र अमेरिकाको आग्रह

काबुल । तालिवानी विद्रोहीले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई नियन्त्रणमा लिएका छन् । यसअघि तालिवानी विद्रोहीको प्रभाव रहँदै आएको कान्दाहारलाई रणनीतिक एवं व्यापारिक हिसाबले पनि महत्वपूर्ण मानिएको छ ।

कान्दाहारमा अन्तर्राष्ट्रिय विमानस्थल पनि भएकाले तालिवानीको यो कदमलाई महत्वपूर्ण मानिएको छ । तालिवानले कान्दाहारलाई कब्जा गरेपछि अफगानिस्तानले सेना प्रमुखलाई पनि परिवर्तन गरेको छ ।

यसैबीच, अफगानिस्तानको पछिल्लो परिस्थितीबारे छलफल गर्न कतारको अध्यक्षतामा बसेको चीन, अमेरिका, भारतसहितको बैठकले तत्काल युद्धविराम गर्न आग्रह गरेको छ । सैन्यभन्दा शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्या समाधान गर्न पनि ती मुलुकहरुले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर