एमालेको संस्थापन पक्षमा उभिने कीर्तिपुरका मेयर र उपमेयरसहित जनप्रतिनिधिको निर्णय – Nepal Press

एमालेको संस्थापन पक्षमा उभिने कीर्तिपुरका मेयर र उपमेयरसहित जनप्रतिनिधिको निर्णय

काठमाडौं । नेकपा विभाजनपछि केही समय प्रचण्ड-माधव समूहमा लागेर वामदेव गौतमको एकता अभियानको केन्द्रीय समितिमा रहेका कीर्तिपुर नगरपालिकाका मेयर र उपमेयर एमालेको संस्थापन पक्षमा खुलेका छन् ।

कीर्तिपुरमा आयोजित एक कार्यक्रमबाट मेयर रमेश महर्जन र उपमेययर सरस्वती रिजाल खड्काले आफूहरू अब एकता अभियानका नाममा अल्मलिन नसक्ने भन्दै एमालेमा क्रियाशील हुने बताएका हुन् ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसमेत सहभागी कार्यक्रममा मेयर महर्जनले माधव नेपाल समूहले कांग्रेसलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएपछि आफूहरूले अब नेपाल समूहलाई साथ दिन नसक्ने बताए । उनी नेपाल समूहमा नजिक थिए ।

मेयर महर्जन र उपमेयर खड्कासहितका वडाध्यक्षहरूले माधव नेपाल पक्षले पार्टीप्रति गद्दारी गरेकाले अब संस्थापन पक्षमै रहेर क्रियाशील हुने बताए । उनीहरूले यसबीचमा आफूहरू पार्टीभित्र विभिन्न समूहमा रहे पनि माधव पक्षका गतिविधिबाट सन्तुष्ट हुन नसकेको बताए ।

कीर्तिपुर वडा नम्बर ६ का वडाध्यक्ष न्हुच्छेवहादुर महर्जनले सन्चालन गरेको कार्यक्रममा माओवादी केन्द्रबाट एमालेतर्फ लागेका नेता शम्भुराम महर्जनले प्रचण्ड-माधव समूह विस्तारै मधेशकेन्द्रित राजनीतिमा लाग्ने बताए ।


प्रतिक्रिया

One thought on “एमालेको संस्थापन पक्षमा उभिने कीर्तिपुरका मेयर र उपमेयरसहित जनप्रतिनिधिको निर्णय

  1. केपी ओलीले पार्टीलाई धरासयी बनाएको र माकुनेले पनि देश र जनता प्रती घात गरेकोले यस्तालाई अगाडि सार्नेलाई भोट दिन सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर