कांग्रेस महाधिवेशनमा ५० प्रतिशत महिला सहभागिता माग, भातृ संस्थालाई चाहियो कोटा – Nepal Press

कांग्रेस महाधिवेशनमा ५० प्रतिशत महिला सहभागिता माग, भातृ संस्थालाई चाहियो कोटा

काठमाडौं । नेपाली कांग्रेसका विभिन्न ३१ वटा भातृ तथा शुभेच्छुक संस्थाहरुले १४औं महाधिवेशनमा सबै क्लस्टरबाट निर्वाचित हुने प्रतिनिधिमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गरेका छन् ।

विधान र संविवधानले तोकेको समयभित्र महाधिवेशन गर्न नेतृत्वलाई ध्यानाकर्षण गराउँदै उनीहरुले यसअघि दुईवटा महाधिवेशनमा कार्यन्वयनमा आइसकेको समानुपातिक समावेशीको व्यवस्थालाई प्राविधिक कारण देखाएर निलम्बन,खारेज वा निष्क्रिय नबनाउन समेत माग गरेका छन् ।

वितरण गरिएका क्रियाशील सदस्यको स्वरुपा समावेशीताका दृष्टिले न्यायोचित नभएको भन्दै यसलाई लागु गर्न नहुने ती संगठनहरुको माग छ । सभापति शेरवहादुर देउवालाई ८ बुँदे ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको केन्द्रीय सदस्य सीता गुरुङले जानकारी दिइन् ।

सबै भातृ एवं शुभेच्छुक संस्थाबाट चुनिने महाधिवेशन प्रतिनिधिलाई एक संघीय निर्वाचन क्षेत्र बराबर २५ जना प्रतिनिधित्व दिइनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । यसअघि सबै संस्थाहरुको संयुक्त छलफल भएको थियो ।

छलफलमा सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता डा. मिनेन्द्र रिजाल समेत सहभागी थिए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर