अमेरिकी राजदूत बेरी र प्रधानसेनापति थापाबीच भेटवार्ता – Nepal Press

अमेरिकी राजदूत बेरी र प्रधानसेनापति थापाबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले कूटनीतिक सक्रियता तीव्र तुल्याएका छन् । प्रधानमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका नेतासँग उनले पछिल्लो साता भेट गरेका छन् ।

बेरीले आज प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् । जंगी अड्डामा शिष्टाचार भेट भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भेटमा द्धिपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । यस्तो भेटघाटले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने आशा आफूले लिएको नेपाली सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर