एमालेका केन्द्रीय विभागहरूमा मनोनयन, माधव पक्षका लागि ठाउँ खाली (भिडियो) – Nepal Press

एमालेका केन्द्रीय विभागहरूमा मनोनयन, माधव पक्षका लागि ठाउँ खाली (भिडियो)

काठमाडौं । नेकपा एमालेले केन्द्रीय निकाय र विभागहरू गठन र सदस्यहरूको मनोनयन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको हो । माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको ज्ञवालीले बताए ।

विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।

यसअघि एमालेले विभिन्न विभागहरुमा प्रमु र उपप्रमुख चयन गरिसकेको छ । ती विभागमा केही सदस्य मनोनित भएका छन् भने माधव पक्ष फर्केर आउँदा समेट्ने गरि केही सदस्य खोली राखिएको छ । एमालेको स्कूल विभाग प्रमुख अध्यक्ष केपी शर्मा ओली स्वयं छन् भने संगठन विभाग प्रमुख बिष्णु पौडेल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर