भेरोसेलको दोस्रो डोज यसैसातादेखि, काठमाडौं र बुढानिलकण्ठमा भेरोसेल खोप कार्यक्रम रोकियो – Nepal Press

भेरोसेलको दोस्रो डोज यसैसातादेखि, काठमाडौं र बुढानिलकण्ठमा भेरोसेल खोप कार्यक्रम रोकियो

काठमाडौं । चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाले दोस्रो मात्रा यसैसाता देखि पाउने भएका छन् । तर, विद्युतीय दर्ता नम्बर र पहिलो डोज लगाएको खोपको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अबको चार पाँचदिनभित्रै भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिने बताए । खोप कार्यक्रमलाई व्यवस्थित गर्न विद्युतीय दर्ता नम्बर अनिवार्य गरिएको कार्यालय प्रमुख बद्री खड्काले जानकारी दिए ।

आज सोमबार काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा भेरोसेलको पहिलो डोज दिने कार्यक्रम स्थगित भएको छ । दुबै नगरपालिकामा खोपको मौज्दात सकिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर