पाल्पा पहिरोमा पुरिएका थप एकको मृत्यु – Nepal Press

पाल्पा पहिरोमा पुरिएका थप एकको मृत्यु

रुपन्देही । पाल्पामा दुई दिनअघि पहिरोले पुरिएर घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ । घाइते तिनाउ गाउँपालिका-५ गिट्टी खानीका ७५ वर्षीया सुन्दरी गुरुंगेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार राति मृत्यु भएको हो । पहिरोमा परी ४५ वर्षीय वीरबहादुर गुरूङ र ४ वर्षीय आरभ परियारको घटनास्थलमै मृत्यु भएको थियो । गत बिहीबार बिहान माथिबाट झरेको पहिरोले पुरिएर ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर