एमाले बनेका १४ जनप्रतिनिधिलाई पदमुक्त गर्न माओवादीले बुझायो विवरण (सूचीसहित) – Nepal Press

एमाले बनेका १४ जनप्रतिनिधिलाई पदमुक्त गर्न माओवादीले बुझायो विवरण (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा विभाजनपछि एमालेतर्फ लागेका स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा विवरण बुझाएको छ ।

सोमवार बसेको आकस्मिक केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले दुई नगरपालिकाका मेयर,गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन कारवाहीको पत्र बुझाएको छ ।

यसअघि नै कारवाहीका लागि पठाइए पनि केन्द्रीय समितिको निर्णय नभएको भनी आयोगले कुनै कारवाही अघि बढाएको थिएन । पद रिक्त गराउन पत्राचार गरिएकामध्ये अधिकांश रौतहट र कैलालीका छन् ।

रौतहटका प्रभु साह र कैलालीका लेखराज भट्ट एमालेतर्फ लागेपछि उनीहरूनिकट स्थानीय तहका जनप्रतिनिधि पनि एमाले माओवादी ब्युँतिएपछि एमालेतर्फ लागेका थिए ।

यसअघि विभिन्न दलले कारवाही गरेर पदमुक्त भएका स्थानीय तहका जनप्रतिनिधिहरू सर्वोच्च अदालतबाट अन्तरिम आदेशमार्फत पुनर्वहाली भएका छन् ।

माओवादीले पदमुक्त गर्न कारवाही गरेका जनप्रतिनिधिहरू यस प्रकार छन् :-

१. रिनाकुमारी साह, प्रमुख- मौलापुर नगरपालिका, रौतहट

२. सियाराम कुशवाह, प्रमुख- कटहरिया नगरपालिका, रौतहट

३. परनिया देवी, उपप्रमुख- देवाही गोनाही नगरपालिका, रौतहट

४. गौरीशंकर जयसवाल, उपप्रमुख- मौलापुर नगरपालिका, रौतहट

५. कान्ती देवी, उपप्रमुख- फतुवाविजयपुर नगरपालिका, रौतहट

६. सीमलाल साह, उपप्रमुख- माधव नारायण नगरपालिका, रौतहट

७. गीतादेवी शाह, उपप्रमुख- युमनामाई गाउँपालिका, रौतहट

८. समतीलाल दास ताती, सदस्य- लहान नगरपालिका सिरहा

९. शेष फारुक, अध्यक्ष- सम्सी गाउँपालिका, महोत्तरी

१०. सुरेश कुमार थावा, वडाध्यक्ष- चम्पादेवी गाउँपालिका-१ ओखलढुंगा

११. भागिरथी विष्ट, वडाध्यक्ष- गौरीगञ्ज नगरपालिका-४, कैलाली

१२. शर्मानन्द भट्ट, वडाध्यक्ष- गोदावरी नगरपालिका-१ कैलाली

१३. पुरन विसी, वडाध्यक्ष- बर्दगोरिया नगरपालिका-४, कैलाली

१४. छायाँ देवकोटा, उपप्रमुख- भजनी नगरपालिका, कैलाली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर