ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन – Nepal Press

ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेटसमेत विनियोजन गरेको छ ।

नागरिक उडड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको लागि पाँच करोड बजेट विनियोजन गरेको छ । सुकेटार विमानस्थललाई विस्तार गर्न सो बजेट विनियोजन मन्त्रलयले नियोजन गरेको हो ।

पर्यटन विभागमार्फत मिक्वाखोलास्थित माङ्गेना याक विशेष पर्यटन ग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको विभागले जनाएको छ । पाथिभरा क्षेत्रमा पर्यटकीय विश्रामस्थल, उद्धार केन्द्र निर्माण गर्न क्रमागत बजेट एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै किरात धर्मालम्बीहरुको पवित्र स्थल फक्ताङ्लुङ क्षेत्र पूर्वाधार निर्माण एक करोड विनियोजन भएको विभागले जनाएको छ ।

पुरातत्व विभागमार्फत फुङलिङ-३ को मुक्तेश्वरनाथ मन्दिर संरक्षण तथा सम्बर्धन गर्न १० लाख रुपैयाँ विनियोजन भएको छ । शिवालय मन्दिर संरक्षण तथा सम्बर्धनका लागि आठराई त्रिवेणी गाँउपालिकालाई १० लाख विनियोजन भएको छ । यसैगरी विभागले मैवाखोला-२ को साङगेछयोलिङ गुम्बा मर्मतका लागि १० लाख, फक्ताङालुङ-६ को दिकिछ्योलिङ गुम्बा निर्माण तथा मर्मतसम्भार गर्न एक करोड विनियोजन गरेको छ ।

त्यस्तै पाथीभरा मन्दिर परिसर सत्तल र परिसर संरक्षण लागि ५० लाख विनियोजन र फुङलिङ-६ को पन्चकन्या सेतिदेवी मन्दिर २० लाख विनियोजन भएको विभागले जनाएको छ । चारपाटे ढुङगा तथा शिवालय क्षेत्र संरक्षण गर्न १० लाख, मैवाखोला-५ स्थित ङिमा ङयायुरगुम्बा संरक्षण तथा सम्बर्धन गर्न १० लाख, मैवाखोला-२ कालिदेवी मन्दिर संरक्षण तथा पूर्वाधार गर्न १० लाख, मैवाखोला-१ को सिंहदेवी नागपोखरी संरक्षण तथा सम्बर्धन १५ लाख र आठराई त्रिवेणी-१ को पेमदावा छ्योलिङ साङ गुम्बाका लागि १० लाख रुपैयाँ विनियोजन भएको विभागले जनाएको छ ।

यसैगरी विभागका अनुसार आठराई त्रिवेणी-५ स्थित ङाग्युर छेदेनलिङ गुम्बाका लागि १० लाख, सिरिजङ्घा-२ को हरिजित सत्य धर्म मन्दिर संरक्षण गर्न १० लाख, सिनाम सानो पाथिभरा भ्यु टावर निर्माण गर्न १० लाख र सुकुम्मा तुम्बायक धारा संरक्षण तथा सम्बर्धनका लागि १० लाख विनियोजन गरिएको छ ।

मैवाखोला-६ को सिन्थेलुङ झरना पर्यटन पुर्वाधारका लागि १७ लाख, होमस्टे प्रर्वद्धन मैवाखोला १० लाख, मैवाखोला-२ पिरिङेको फालेलुङ पर्यटन पुर्वाधार गर्न १० लाख र वासाङलुङ पर्यटन पूर्वाधार निर्माण गर्न १० लाख विनियोजन भएको छ ।

यस्तै सिरिजङ्घाको मिरिङदेन झरना पर्यटन पूर्वाधार विकास गर्न १७ लाख, शान्ति सङ्ग्रहालय भवन निर्माण तथा व्यवस्थापन गर्न १५ लाख, नेपाल भाषा तथा संस्कृति समाजको भवन निर्माण गर्न १० लाख र फुङलिङ-११ को ऐतिहासिक शिलालेख संरक्षण तथा पूर्वाधार निर्माण गर्न १० लाख विनियोजन भएको छ ।

फुङलिङ-३ को तिनबरेदेखि इन्डियन वेलफेयरसम्म पदमार्ग निर्माण मा १५ लाख र फुङलिङ-१० मा चुच्चे ढुङ्गा पर्यटन पूर्वाधार निर्माण गर्न १५ लाख विनियोजन गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर