माधव पक्षको आव्हान- वार्ताको चालबाजीमा नफसौं, वडा टोलसम्म संगठन निर्माण गरौं (पूर्णपाठ) – Nepal Press

माधव पक्षको आव्हान- वार्ताको चालबाजीमा नफसौं, वडा टोलसम्म संगठन निर्माण गरौं (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना लिखित मागहरूको विश्वसनीयरूपमा पूरा हुने अवस्था नभएसम्म वार्ताको औचित्य नरहेको जनाएको छ ।

नेपाल पक्षको स्थायी कमिटीका निर्णय भन्दै सार्वजनिक गरिएको विज्ञप्तिमा वार्ता टोली संयोजकलाई नै पार्टी सदस्यबाट निष्कासन गरिएपछि त्यसको औचित्य सकिएको जनाइएको छ ।

ओलीले वार्तालाई समय कटाउने चालबाजीका रुपमा प्रयोग गरेको भन्दै नेपाल पक्षले चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सबैसँग आग्रह गरेको छ ।

नेपाल पक्षले केन्द्रदेखि प्रदेश र स्थायी तहसम्म स्पष्टीकरण,निलम्बन र निष्कासन लगायतका सबै कारवाहीहरु तत्काल खारेज गर्नुपर्ने भन्दै वार्ताको नाममा हुने षडयन्त्रमा अलमलिन नहुने निष्कर्ष निकालेको छ ।

नेपाल पक्षले भनेको छ, ‘यस्तो स्थितिमा हामीले नेपालको संविधान, पार्टीको विधान र कम्युनिष्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन्छ । यसका लागि देशब्यापीरूमा संगठनात्मक स्थितिलाई गुणात्मकरुपमा सशक्त किसिमले वडाद र टोलसम्म अगाडिद बढाउनुपर्छ ।’

नेपाल पक्षले ओली पक्षबाट निरन्ख्तर फुट र गुटको अभ्यास भइइरहेकाले ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी सशक्त संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेको छ ।


प्रतिक्रिया

One thought on “माधव पक्षको आव्हान- वार्ताको चालबाजीमा नफसौं, वडा टोलसम्म संगठन निर्माण गरौं (पूर्णपाठ)

  1. बढार्नु पर्ने कसिङ्गर हावाले उडाउने
    धकल्नु पर्ने गाडी कसले गुडाउने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर