सर्वोच्चले मुद्दाको बहस–पैरवी भर्चुअल विधिबाट गर्ने – Nepal Press

सर्वोच्चले मुद्दाको बहस–पैरवी भर्चुअल विधिबाट गर्ने

काठमाडौं । सर्वोच्च अदालतले मुद्दाको बहस–पैरवी सूचना प्रविधिको प्रयोग गरी भर्चुअल विधिबाट सञ्‍चालन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषयहरुलाई प्रविधिको प्रयोग गरी निरन्तर सुनुवाई गर्ने निर्णय गरेको हो ।

आज विज्ञप्ति निकालेर पूर्ण बैठकले १४ वैशाखमा गरेका निर्णयलाई १३ जेठसम्म जारी राख्ने र नेपालको संविधानको धारा १३३ र १३७ अन्तर्गत पर्न आउने जरूरी प्रकृतिका रिट निवेदनको दर्ता र सुनुवाइ सम्बन्धी कामकारबाही गर्ने निर्णय गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन ।

सर्वोच्चले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरूले कोभिड संक्रमणको स्थानीय परिस्थिति विश्लेषण गरी निर्णय गर्नसक्ने निर्णय गरेको छ।

साथै, सेवा संकुचन गरिएको यस अवधिमा कुनै पनि मुद्दाको हदम्याद, म्याद र तारेख नगुज्रने पनि सर्वोच्चको निर्णय छ।

सर्वोच्च अदालतले १४ वैशाखमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर