माधव नेपाल पक्षले बोलायो राष्ट्रिय भेला – Nepal Press

माधव नेपाल पक्षले बोलायो राष्ट्रिय भेला

केपी ओलीलाई सत्ताबाट हटाउन अन्य दलसँग छलफल अघि बढाउने

काठमाडौं । तीन महिनाअघि पुस ७ गते तत्कालीन नेकपा विभाजन भएर अलग समूहमा लागेका केपी ओली र माधव नेपाल पक्ष एमाले पुनःस्थापनापछि पुनः विभाजनको चरणमा पुगेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा शुक्रबारको विशेष बैठकले गरेका निर्णय माधव नेपालले अस्वीकार गर्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाबाट नयाँ रणनीति तय गरिने उपाध्यक्ष भीम रावलले बताए ।

रावलका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, संघीय र प्रदेश सांसदका साथै प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी, सबै स्थानीय तहका प्रमुख उपप्रमुख र जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।

सोही भेलाबाट महत्वपूर्ण निर्णय गरिने रावलले बताए । उनले एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला गलत रहेको समेत बताए ।

काठमाडौंको अर्याल होटलमा बसेको माधव नेपाल पक्षको बैठकले शुक्रबारको बैठकले गरेका कुनै पनि निर्णय नमान्ने निर्णय गरेको छ ।

साथै बैठकले सरकार परिवर्तनको सन्दर्भमा पनि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । यसबारेमा भेलाले थप रणनीति तय गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर