प्रचण्ड–माधव पक्षले भन्यो : नागरिक समाजको प्रदर्शनमा हस्तक्षेप खेदजनक – Nepal Press

प्रचण्ड–माधव पक्षले भन्यो : नागरिक समाजको प्रदर्शनमा हस्तक्षेप खेदजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक समाजले गरेको प्रदर्शनमाथि गरेको हस्तक्षेप्रति आपत्ति जनाएको छ ।

मंगलबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै त्यसको विरोध गरेका हुन ।

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्ने जनताको मौलिक अधिकार भएको भन्दै त्यसको सम्मान गर्न वक्तव्यमा भनिएको छ।

‘कमलपोखरीबाट शान्तीपूर्ण ढंगले प्रधानमनन्त्री निवास बालुवाटारतर्फ अघि बढीरहेको नागरिक समाजको प्रदर्शनमाथि जसरी प्रहरीद्वारा अत्यन्त क्रुरतापूर्वक हमला गरियो त्यो अत्यन्त खेदजनक र निन्दनीय छ,’ वक्तव्यमा भनिएको छ,

‘ शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्ने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा यस्ता कार्यक्रममा दमन र हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिन्छौं ।’

प्रहरीले पानीको फोहोरा प्रयोग गरेर सोमबार प्रधानमन्त्री विनास बालुवाटारअघि प्रदर्शनमा उत्रिएका केही नागरिक अगुवालाई तितरवितर पारेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर