लुम्बिनीकी जसपा सांसद पुर्मती हराएको भन्दै काठमाडौंमा उजुरी – Nepal Press

लुम्बिनीकी जसपा सांसद पुर्मती हराएको भन्दै काठमाडौंमा उजुरी

रूपन्देही । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गरेकी सांसद पुर्मती ढेंगामगर वेपत्ता भएको भन्दै काठमाडौं प्रहरीमा उजुरी परेको छ ।

जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पाेखरेलले सांसद ढेंगामगर हराएकाे भन्दै अहिले भरखर प्रहरीमा ठाडाे उजुरी दिएर अाएकाे नेपाल प्रेसलाई बताए ।

अाज दिउसाेदेखि नै उहाँ सम्पर्क बाहिर हुनुहुन्छ, मैले सूचना पाएपछि अाजै काठमाडौंबाट फर्केर प्रहरीलाई निवेदन दिएकाे छु, उनले भने ।

पुर्मतीलाई अाज प्रदेश सरकारकाे नेतृत्व गरेकाे एमालेले मन्त्री बनाएर लैजाने चर्चा चलेपनि अाफुलाई याे विषयमा जानकारी नभएकाे एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।

यसअघि जसपाबाट प्रदेश सरकारमा सहभागी बनेकी मन्त्री सुमन शर्माले राजीनामा दिएपछि सरकारलाई बहुमत नभएकाे विपक्षी दलले बताउदै अाएका छन् ।

सांसद ढेंगाकाे ९८५१०७१८७० नम्बरकाे माेबाइलमा घन्टी बजेपनि उठ्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर