कुर्सीको लडाईंप्रति व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक – Nepal Press

कुर्सीको लडाईंप्रति व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक

नेपाल प्रेस २०७७ पुष १८ गते १८:०५
२०७७ पुष १८ गते १८:०५

काठमाडौं । शिल्पी थिएटरका कलाकारले नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिको विरोध गर्दै आज (शनिबार) माइतीघरमण्डलमा सडक नाटक प्रस्तुत गरेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको सँघारमा रहेको र यो अवस्थामा आउनुको कारण पद तथा कुर्सीको लोभ हो भन्ने चर्चा चलिरहेको छ । सोही विषयप्रति व्यङ्ग्य गर्दै बत्तीसपुतलीस्थित शिल्पी थिएटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका हुन् ।