तीन विनाविभागीय मन्त्रीको आज ५ बजे शपथग्रहण, प्रधानमन्त्रीले गराए राष्ट्रपतिलाई जानकारी
नेपाल प्रेस
२०८० फागुन २१ गते १३:१३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ३ जना बिना विभागीय मन्त्री बनाउने भएका छन्।
शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्।
तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी गराएका छन्। लिखित जानकारी केही बेरपछि पठाइनेछ।
नयाँ गठबन्धन बनेपछि एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर