प्रिमियर लिगः साउथह्याम्प्टनको पोष्टमा म्यानचेस्टर युनाइटेडको ९ गोल – Nepal Press

प्रिमियर लिगः साउथह्याम्प्टनको पोष्टमा म्यानचेस्टर युनाइटेडको ९ गोल

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ९–० गोलको आफ्नै कीर्तिमान बराबरी गर्ने क्रममा ९ खेलाडीमा खेल सकाएको साउथह्याम्प्टनमाथि घरेलु जित निकालेको छ । साउथह्याम्प्टनका लागि भने लगातार दोस्रो सिजन ९–० को हार हो ।

खेल सुरु भएको दोस्रो मिनेटमै अलेकजान्द्रे जान्केवीचले रातो कार्ड पाउनु पाहुना टोली साउथह्याम्प्टनको पतनको सुरुआत थियो । उसले गत सिजन अक्टोबर २०१९ मा लिसेस्टर सिटीसँग पनि यही गोलअन्तरको पराजय ब्यहोरेका थिए ।

ओल्ड ट्राफोटमा आरोन वान विसाकाले गोलको सुरुआत गरेका थिए । युनाइटेडकमा लागि मार्कश रासफोर्ड र इडिन्सन काभानीले पनि गोल गरे । जान बेडनारेकको आत्मघाती गोलसमेत गर्दा पहिलो हाफमै युनाइटेडले ४–० को अग्रता बनाएको थियो ।

दोस्रो हापको अन्त्यतिर साउथह्याम्प्टनका अर्का खेलाडीले पनि रातो कार्ड पाएका थिए । दोस्रो हाफमा एन्थोनी मार्सलले २ गोल थपे । बुर्नो फर्नान्डेसले पेनाल्टीमा गोल गरे । म्यान टोमिनी र ड्यान जेम्सले एक एक गोल गरे ।

युनाइटेडका लागि शानदार अन्त्य थियो । उनीहरुले सन् १९५६ मा एन्डरलेच्टमाथिको १०–० को क्लब कीर्तिमान जितजस्तै प्रदर्शन देखाएका थिए ।

यो जितपछि युनाइटेडले २२ खेलबाट ४४ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको पनि समान अंक छ । तर गोलअन्तरमा युनाइटेडले सिटीलाई पछि पार्न सकेन । लिगमा लगातार चोथो हार ब्यहोरेको साउथह्याम्प्टन भने २१ खेलबाट २९ अंकसहित १२ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर