लगानी सम्मेलनमा देवयानीको सम्बोधन- म नेपालकै हुँ, नेपाल सरकारले गज्जब गरेको छ (भिडिओ) – Nepal Press

लगानी सम्मेलनमा देवयानीको सम्बोधन- म नेपालकै हुँ, नेपाल सरकारले गज्जब गरेको छ (भिडिओ)

काठमाडौं । नेपालले गरेको लागनी सम्मेलनमा कोकाकोला कम्पनीको तर्फबाट बोल्न आएकी देवरानी राणाले मन्तव्य दिएकी थिइन् । मन्तव्यको सुरु र अन्त्यमा नेपाली बोलेकी उनले आफू नेपालको भएकोमा यहाँ आउनु खुशी भएको समेत बताइन् ।

सम्मेलनको पहिलो दिनको सत्रमा उनले बोलेकी थिइन् । कोकाकोला कम्पनीको दक्षिण एसियाली क्षेत्रको जनसम्पर्क तथा दीगोपनाको उनी भारत तथा दक्षिणपश्चिम एसियाकी उपसभापति हुन् ।

देवयानी राप्रपाका नेता तथा पूर्वमन्त्री पशुपति शमशेर जबराकी छोरी हुन् भने नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरकी पनातिनी हुन् ।

यस्तो थियो देवयानी राणाको पूरा मन्तव्यः

सबैलाई नमस्कार । यहाँ आएर हजुरहरुले केही खानपान र ताजगी लिनुभयो होला । माननीय मुख्य सचिवले भनेजस्तै समयको पावन्दीलाई ख्याल गरेर म बोल्नेछु । म प्यानलमा हुनु भएका सबैलाई स्वागत गर्न चाहन्छु । तपाइँहरुलाई नेपालमा देख्न पाउँदा राम्रो लागेको छ । म नेपालकै हो । नेपाल लगानी सम्मेलन २०२४ को हिस्सा हुन पाउँदा मलाई खुशी लागेको छ । नेपाल लगानी बोर्ड तथा मन्त्रालयलाई निमन्त्रणाको लागि धेरै धन्यवाद । नेपाल लगानी सम्मेलनमा कोकाकोला कम्पनीको प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको छ ।

तपाइँलाई जानकारी नै छ कि नेपालमा पचास वर्षभन्दा धेरै भयो कोकाकोला कम्पनी सुरु भएको । वास्तवमा यो वर्ष हाम्रो ५१ औँ वर्ष हो । हामी नेपालको सामाजिक आर्थिक विकासमा प्रतिबद्ध छौँ । म हाम्रो कथाबाट कुरा सुरु गर्न चाहन्छु । हामीले सन् १९७३ बाट सुरुवात गर्यौ । यो देशको सामाजिक र आर्थिक पाटोकै रुपमा सुरु भयो । सायद हामी यहाँ भएकाहरुले उपभोक्ताले प्रयोग गर्ने फास्ट मुभिङ कन्ज्युमर गुड्का सबैभन्दा ठूलो कम्पनी हौँला ।

हामीले पाँच दशक अगाडि सुरु गर्यौ । एक अमेरिकी कम्पनीको रुपमा त्यो समयमा यो आफैँमा बलशाली कदम थियो । त्यो बेलामा संस्थागत भ्यालु चेन र लजिस्टिकहरु राम्रोसँग विकास भएकै थिएनन् । तर, हाम्रो नेपालमा विश्वास थियो । पचास वर्षपछि कम्पनीले धेरै राम्रो साझेदारी विकास गरेको छ । हाम्रा दुई बोटलिङ प्लान्ट छन् । एक काठमाडौंमा । अर्को भरतपुरमा । हाम्रा ब्राण्ड तथा पेयसका अवसरहरु हामीले नेपालभरका लाखौँ जनतासँग साटेका छौँ ।

त्यसलै जीवनभर स्मरणयोग्य पारिवारिक क्षणहरु सिर्जना गरेको छ । हामी पछिल्ला केही वर्षहरुमा मात्रै लगानी गरिरहेका छैनौं । हामीले आठ करोड अमेरिकी डलर लगानी गरिसकेका छौँ । हामी लगानी गरिरहने छौँ । कोकाकोला नेपालका सर्वाधिक धेरै कर तिर्ने कम्पनीहरुमा एक हो । हाम्रा २४० वितरक, १ लाख २५ हजार बिक्रेताहरु नेपालभर छन् । हामीबाट प्रत्यक्ष र अप्रत्यक्ष गरेर ६ हजार रोजगार सिर्जना भएका छन् । यसो भन्नुको तात्पर्य के हो भन्नेमा म व्याख्या गर्न चाहन्छु । हाम्रो संस्थामा भएका हरेक कर्मचारीहरु दश जना बराबर छन् ।

किनभने हाम्रो यात्रा संजाल छ । निर्यात संजाल छ । हाम्रा खुद्रा बिक्रेता संजाल छन् । हरेक लघु, मझौला र ठूला वितरकलाई कुलर दिएर हामी उद्यमी बनाउँछौँ । एक प्रशोधनकर्ताको रुपमा हामी त्यही गछौँ । जब हामीले प्रशोधनको क्षेत्रमा फास्ट मुभिङ कन्ज्युमर गुड्समा काम गछौँ तब हामीले कम तलब र धेरै तलब हुने दुवै खालका जागिर सिर्जना गछौँ ।

यो नेपाल जस्तो देशको लागि धेरै नै महत्वपूर्ण हुन्छ । कोकाकोला यत्ति मात्रै होइन । हामी एक जिम्मेवार व्यापार हौँ । हामीले नेपालीको २०७२ सालको भूकम्पमा ‘फेरि उठ्नेछ नेपाल’ नाममा सहयोग गयौँ । कोभिड कालमा पनि हामीले सहयोग गयौँ । हाम्रो एटलान्टामा मुख्यालय भएको कोकाकोला फाउण्डेसन छ । हरेक वर्ष हामी दीगो विकासको परियोजनाहरुमा सहयोग गछौँ । जलवायु पक्षमा पनि हामी सहयोग गछौँ । फोहोर व्यवस्थापन खासगरि प्लास्टिक व्यवस्थापनमा पनि हामी सहयोग गछौँ ।

आर्थिक सबलीकरणमा हाम्रा विक्रेतालाई मात्रै होइन महिलाहरुलाई पनि हामी सहयोग गछौँ । जाजरकोट होस् वा नेपालका जताकतैका विपत्तमा पनि हामी सहयोग गर्छाै‌ । कोकाकोलाले नेपाली मात्रै होइन विदेशी गैरसरकारी संस्थाहरुसँग पनि लामो समयदेखि काम गरिरहेको छ । सन् २०२१ देखि २०२३ सम्मको पछिल्ला तीन वर्षमा हामीले नेपाली सेनासँग मिलेर हिमाल सफाइको अभियानको प्रयोजक तथा साझेदार हुन पाउँदा हामी गर्व गछौँ ।

नेपाललाई विकाशील देश सन् २०२६ सम्म बनाउन पनि हामी सहयोग गरिरहेका छौँ । नेपाललाई तत्कालै वैदेशिक लगानी चाहिएको छ । युवाशक्तिको लागि र नवप्रवर्तनको लागि । उपभोगमा आधारित हाम्रो जस्ता कम्पनीहरुको लागि नेपालीहरुको विदेश पलायन हुँदा हाम्रा दक्ष जनशक्ति गुमाइरहेका छौँ ।

हाम्रो लागि निरन्तर लगानी हुने वातावरण बन्नुपर्छ । नेपाल सरकराले गज्जब काम गरेको छ । लगानी प्रवर्द्धन गर्न लगानी बोर्ड बनाएको छ । यो सम्मेलन एक नेपाल, नेपाली र छिमेकीलाई मात्रै होइन विश्वभरलाई अभूतपुर्व अवसर हो । समापनमा म र कोकाकोला कम्पनी यो उद्योगलाईसँगै ल्याएको धन्यवाद दिन चाहन्छौँ । भविष्यको लागि तयार भएको नेपाललाई नमस्कार र धेरै धेरै धन्यवाद ।

 


प्रतिक्रिया

One thought on “लगानी सम्मेलनमा देवयानीको सम्बोधन- म नेपालकै हुँ, नेपाल सरकारले गज्जब गरेको छ (भिडिओ)

  1. देवयानी जि को नाम त धेरै सुनेको तर आज प्रतक्ष वहाँको बोली सुन्न र वहाँलाई देख्न पाउँदा धेरै खुसी लाग्यो 🙏👍❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर