नेपालकै पहिलो हेलिकप्टर म्यागाजिन ‘हेलिकप्टर नेपाल’को लोकार्पण – Nepal Press

नेपालकै पहिलो हेलिकप्टर म्यागाजिन ‘हेलिकप्टर नेपाल’को लोकार्पण

काठमाडौं । नेपालको पहिलो हेलिकप्टर म्यागाजिन ‘हेलिकप्टर नेपाल’को आज काठमाडौंमा लोकार्पण भएको छ । नेपाली भूमिमा हेलिकप्टर सेवा सुरु भएको छ दशक पुगेपछि मात्रै पहिलो म्यागाजिन सार्वजनिक भएको बताइएको छ ।

सिम्रिक एयरले प्रकाशन गरेको म्यागाजिन गैर व्यवसायिक भएको महाप्रबन्धक मुरलीधर जोशीले बताए । सिम्रिक एयरको २३ वर्षगाँठ पुगेको अवसरमा म्यागाजिन निकालिएको भन्दै जोशीले अहिले वार्षिक रूपमा प्रकाशन हुने म्यागाजिन आगामी दिनहरूमा क्रमशः अर्धवार्षिक र त्रैमासिक गर्ने योजना रहेको बताए । म्यागाजिनमा राखिने हेली टुर खण्डले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने बताए ।

कार्यक्रममा बोल्दै सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको सडक तथा विमानस्थल दुवैका पूर्वाधार र देशको भू बनोटको कारणले हेलिकप्टर नै अति महत्त्वपूर्ण साधन भएको बताए ।

उनले ताप्लेजुङको पाथीभरादेखि उपत्यकाको शिवपुरी क्षेत्रमा आगलागी नियन्त्रणमा हेली सेवा प्रभावकारी भएको भन्दै यसको महत्त्व झनै बढ्दै गरेको बताए ।

नेपालमा हेलिपोर्टमा लगानी हुनुपर्ने उनले बताए । उनले म्यागाजिनको सन्देशमै भनेका छन्, यद्यपि, ‘सरकार, सरोकारवाला र समुदायले हेलिकप्टरलाई हेर्ने नजरिया परिवर्तन हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर