लुम्बिनी केबलकार र कविर अटोमोबाइल्सबीच पर्यटन प्रवर्द्धन सम्झौता – Nepal Press

लुम्बिनी केबलकार र कविर अटोमोबाइल्सबीच पर्यटन प्रवर्द्धन सम्झौता

रुपन्देही । लुम्बिनी केबलकार र कविर अटोमोबाइल्सबीच पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौता भएको छ ।

कविर अटोमाइल्सले लिभगार्ड इन्भर्टर ब्याट्री खरिद गर्ने आफ्ना ग्राहकलाई लुम्बिनी केबलकारको दुईतर्फी टिकट र बसन्तपुरको रेष्टुरेन्टको खाजा कुपन दिने गरी सम्झौता भएको हो ।

केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ र अटोमाइल्सका सञ्चालक सरदार भोला सिंहले शनिबार सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

उक्त अवसरमा केबलकारका अपरेसन म्यानेजर कायस्थले कम्पनीले होटेल तथा पर्यटन व्यवसायीसँग मात्र नभई अन्य क्षेत्रसँग पनि यस्तो सम्झौता गरिरहेको र यसले दुबै पक्षको व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

कविर अटोमाइल्सका सञ्चालक सिंहले आफ्ना ग्राहकलाई इन्भर्टर ब्याट्री खरिदमा नियमानुसार पाउने छुटसहित केबलकारको टिकट उपहारको रुपमा दिने गरी बैशाख १ गतेदेखि असार मसान्तसम्मका लागि यो सम्झौता गरेको बताए ।

सम्झौताअनुसार कविरका इन्भर्टर ब्याट्री खरिद गरेका ग्राहकले केबलकारको दुई तर्फी यात्रा र टप स्टेशन बसन्तपुरमा रहेको रेष्टुरेन्टमा कोल्ड ड्रिङक तथा कम्बो खाजा सेट निःशुल्क पाउनेछन् ।

प्रदेशको पहिलो लुम्बिनी केबलकारको प्रवर्द्धन गर्नु यहाँका हरेक क्षेत्रका व्यवसायीको दायित्व भएकाले आफूले यो अफर ल्याएको सिंहले बताए । कविर अटोमाइल्सका बुटवल, भैरहवा, चन्द्रौटा, तौलिहवा, चितवनलगायतका सबै शाखामा इन्भर्टर खरिद गर्ने ग्राहकका लागि यो अफर लागू हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर