खामलाई चितवन जिल्ला अदालत बुझाउने तयारी, काठमाडौंमा पनि छन् हतियार र यार्सागुम्बा लुटपाट मुद्दा – Nepal Press

खामलाई चितवन जिल्ला अदालत बुझाउने तयारी, काठमाडौंमा पनि छन् हतियार र यार्सागुम्बा लुटपाट मुद्दा

काठमाडौं । पक्राउ परेका माओवादीका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई चितवन जिल्ला अदालतको जिम्मा लगाउने तयारी गरिएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार खामलाई बुधबारसम्म चितवन जिल्ला अदालत बुझाइने छ ।

व्यापारी रामहरी श्रेष्ठको अपहरण र हत्या अभियोगमा खाम फरार थिए । सोही कारण उनको मुद्दा अदालतले मुल्तवीमा राखेको थियो ।

उनलाई अदालत बुझाइएपछि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ । स्रोतका अनुसार खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खरखजना र यार्सागुम्बा लुटपाट सम्बन्धी मुद्दा रहेको छ ।

उनी फरार रहेका कारण यार्सा लुटपाटको मुद्दा पनि मुल्तवीमा राखिएको थियो । ‘ठूलो मुद्दा भएकाले उहाँलाई पहिला चितवन जिल्ला अदालत पठाइने छ । त्यसपछि यहाँको पनि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ’, काठमाडौं प्रहरी परिसर स्रोतले भन्यो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर