एमाले सिन्धुपाल्चोकमा प्यानलसहित नेताहरू मैदानमा, कसको टीममा को-को ? – Nepal Press

एमाले सिन्धुपाल्चोकमा प्यानलसहित नेताहरू मैदानमा, कसको टीममा को-को ?

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको १०औं अधिवेशनको नयाँ नेतृत्व छनोटका लागि अहिले बिहानदेखि मतदान सुरू हुँदैछ । पार्टी केन्द्रले प्यानल बनाएर प्रतिस्पर्धा गर्न रोक लगाए पनि यहाँ दुई प्यानलबीच चुनाव हुन लागेको छ ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल नेपाल र होमनारायण श्रेष्ठ मैदानमा छन् । नेपालको प्यानलबाट उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्णगोपाल तामाङ, उप-सचिवमा शिवहरी सापकोटा र महिला उपसचिवमा सुशीला पाख्रिनले उम्मेदवार दिएका छन् ।

श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा विष्णुमणि आचार्य, सचिवमा यज्ञराज सापकोटा, उप-सचिव विजयकृष्ण श्रेष्ठ र महिला उप-सचिमा शोभा कार्की चुनावमा होमिएका छन् ।

सदस्यमा समेत दुवै पक्षले प्यानल बनाएका छन् । पदाधिकारीसहित कुल १०१ सदस्यमा अधिकांश सदस्य निर्विरोध भइसकेका छन् । अध्यक्ष नेपाललाई एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल लगायतका नेताहरूले सहयोग गरेका छन् भने श्रेष्ठलाई केन्द्रीय सदस्य सरेश नेपाललगायतका नेताको साथ छ । जिल्ला इञ्चार्ज गोकुल बास्कोटा भने तटस्थ बसेका छन् । निर्वाचन सकिएलगत्तै आजै गणना सुरू गरिने बास्कोटाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर